Logo
Logo

बर्दियामा युवती आत्महत्या घटनाकाे छानबिन गर्न समिति गठन


1.2k
Shares

काठमाडौं । गृह मन्त्रालयले बर्दियामा एक युवतीले नागरिकता नपाएर आत्महत्या गर्न बाध्य भएको भनिएको घटना छानविन गर्न समिति गठन गरेको छ ।

बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेपछि घटनामा सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।

गृहमन्त्री ओमप्रकाश अर्याललाई हिजो प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गर्न निर्देशन दिएपछि आज सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानबिन समिति बनाइएको हो ।

समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रूपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी आदेश दिइएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–४ दक्षिण भकारी गाउँकी अञ्जु थारुले २२ कात्तिकमा आत्महत्याको बाटो रोजिन् । छोरीको मृत्युको शोकमा रहेका उनका बाबु कान्छाले पनि त्यसको चार दिनपछि आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्