Logo
Logo

अनलाइन डान्स प्रतियोगितामा सहभागीलाई सर्टिफिकेट वितरण


630
Shares

काठमाडौं । लग्जरी इभेन्ट एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको बडादशैं र तिहारको उपलक्ष्यमा दशैं तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न भएको छ । यस प्रतियोगितामा अनलाइनमार्फत नेपालभरीका ४०० भन्दा बढीले सहभागिता जनाएका थिए । जसमध्ये १०० जना छनोट भएका थिए ।

सोही छनौट जुरी पुनम कपाली, मणि के. राई, सुष्मा सिंह र सुशीला श्रेष्ठले गरेका हुन् । जसमा ५३ जना प्रतियोगीमा प्रतिस्पर्धा भएको थियो । प्रमुख अतिथिमा किरण केसी (राता मकै) थिए भने जर्जमा सन्दीप भुजेल, पुनम कपाली, नायिका आरती आचार्य र सुशीला श्रेष्ठ थिए ।

सम्पूर्ण सहभागीलाई सर्टिफिकेट प्रदान गरिएको छ भने उत्कृष्ट दशलाई उपहार प्रदान गरिएको थियो । यस नृत्य प्रतियोगितामा ६ वर्षदेखि १७ वर्षको उमेरसम्मका बालबालिकाले सहभागिता जनाएका थिए ।

पहिलो स्थान सलिन मगर, दोस्रो स्थान सम्मानिका बस्नेत र तेस्रो स्थान निपूर्णा कपालीले हासिल गरेका छन् । यस संस्थाकी अध्यक्ष पूजा रेग्मी महन्तले आगामी दिनहरुमा विभिन्न रोचक कार्यक्रमहरू गर्दै जाने बताइन् । कार्यक्रमका प्रमुख अतिथि किरण केसीले यस्ता कार्यक्रमले बालबालिकाहरूमा मनोबल बढाउने काम सँगसँगै भविष्यमा निरन्तरता दिँदा क्षेत्रमा पनि राम्रो कमाइ हुने बताए । कार्यक्रमको संचालन चर्चित उद्घोषिका सेसेमी लिम्बुले गरेका थिए भने इभेन्ट डिरेक्टर सुभाष श्रेष्ठ प्रधान थिए ।

प्रतिक्रिया दिनुहोस्