Logo
Logo

मिराज ढुंगानाले मागे प्रधानमन्त्री राजीनामा


693
Shares

काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको “अपमान नगर्न” कडा चेतावनी दिएका छन् । जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइ माग्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका उनले प्रधानमन्त्री कार्की र अन्तरिम सरकारप्रति तीव्र असन्तुष्टि प्रकट गरे ।

The current image has no alternative text. The file name is: miraj.jpg

ढुङ्गानाले निर्वाचनपछि बनेको सरकारले “देश विकासका ठोस कदम चाल्ने” भन्ने कुनै अपेक्षा जेनजी पुस्ताले नगरेको उल्लेख गर्दै पुरानै दलका नेताहरू फेरि सत्तामा फर्कने संकेत देखिनु चिन्ताजनक रहेको बताए । अन्तरिम सरकार देश विकासमा असफल भएको दाबी गर्दै उनले प्रधानमन्त्री कार्कीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग दोहोर्‍याए ।

उनका अनुसार भदौ २३ गतेको घटनाबारे छानबिन नै नगरी २४ गते शान्तिपूर्ण रूपमा आन्दोलनमा उत्रिएका युवामाथि मात्र प्रहरीले धरपकड गरेको छ, जसले जेनजी आन्दोलनप्रति राज्यको पूर्वाग्रह झनै स्पष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्