काठमाडौँ । प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै विघटित प्रतिनिधिसभाको ठूलो दल कांग्रेस पनि सर्वोच्च अदालत गएको छ।

आइतबार कांग्रेसका तत्कालीन प्रमुख सचेक श्याम घिमिरे र सचेतक सुशिला थिङले पूर्वमहान्यायाधीवक्ता खम्बहादुर खातीलाई वारेस राखेर रिट निवेदन दर्ता गरेका हुन्।
यसअघि एमालेले पनि छुट्टै रिट निवेदन दर्ता गरेको थियो। मंसिर १७ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले उत्त रिटमा कारण देखाउ आदेश जारी गरेको छ। त्यसअघि अधिवक्ताहरु र नागरिकस्तरबाट १६ वटा रिट निवेदन दर्ता भइसकेका छन्।
कांग्रेस र एमालेले संयुक्त रुपमा रिट दर्ता गर्ने भने पनि केही दिनको फरकमा पुनःस्थापनाको माग लिएर सर्वोच्च गएका हुन्। शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको थियो। त्यसै भेटले कांग्रेस पनि रिटमा जान तयार भएको हो।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण भदौ २७ गते प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गतेका लागि चुनाव घोषणा गरिएको थियो।











