Logo
Logo

सुडानमा आक्रमण, हजारौं विस्थापित र सयौंको मृत्यु


0
Shares

एजेन्सी । सुडानको कालोगी शहरमा साना बालबालिका पढ्ने किन्डरगार्टनसहितका विद्यालय, अस्पताल र सरकारी भवनमा भएको आक्रमणमा ४६ बालबालिकासहित १ सय १६ जनाको ज्यान गएको छ।

The current image has no alternative text. The file name is: sudan.jpg

सुडानी सेनाको अनुसार, आक्रमण अर्धसैनिक समूह ‘र्‍यापिड सपोर्ट फोर्सेस’ ( आरएसएफ ) ले गरेको हो । आरएसएफले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। समूहले शुक्रबार डार्फर क्षेत्रमा सुडानी सेनाले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ ।

सन् २०२३ अप्रिलदेखि आरएसएफ र सुडानी सेनाबीच सत्ता संघर्ष जारी छ । पहिले सहयोगी रहेका यी समूह अहिले एकअर्काविरुद्ध युद्धरत छन् । गृहयुद्ध तेस्रो वर्षमा प्रवेश गर्दैछ । यस अवधिमा दशौं हजार मानिसको ज्यान गएको, ९० लाखभन्दा बढी विस्थापित भएका र झन्डै तीन करोड मानिसलाई मानवीय सहयोग आवश्यक परेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्