काठमाडौं । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीविरुद्ध अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भण्डारीमाथि धरौटी आदेश जारी गरेको हो । अदालतले भने, भण्डारी निर्णयकर्ता नभए पनि टिप्पणी पेश गरेका कारण उनीमाथि धरौटी माग गरिएको हो ।
उनीसँगै पक्राउ परेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भने पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भण्डारी र अधिकारीलाई पक्राउ गरेको थियो। अदालतले आइतबार थुनछेक बहसपछि आदेश जारी गरेको हो ।











