काठमाडौँ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड स्तरोन्नतिको कामका लागि एक हप्तासम्म दैनिक १०:३० बजेदेखि ३:३० बजेसम्म बन्द रहने भएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना, काठमाडौँ र धादिङ जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जानकारी दिएका छन्। सडक कालोपत्रे र चौडा बनाउने कार्यका लागि रोक आवश्यक भएको आयोजनाले जनाएको छ।
सवारी साधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ । एम्बुलेन्स, सुरक्षा निकाय, दमकल र शव वाहन जस्ता अत्यावश्यक सवारीको आवागमन ट्राफिक प्रहरीले सहज बनाउनेछ।












