Logo
Logo

विमान केवल यातायात नभई मानव-केन्द्रित सेवाको मेलमिलाप पनि हो: मन्त्री सिन्हा


504
Shares

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आजको विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्‍याउने मात्र नभई यो नवप्रवर्तन, प्रविधि, सुरक्षा र मानव-केन्द्रित सेवाको मेलमिलाप पनि भएको बताएका छन् ।

The current image has no alternative text. The file name is: anil-kumar-sinha.jpg

नेपाल एयर लाइन्सको क्याबिन क्रु एसोसिएसन सि–क्यानले अन्तरराष्ट्रिय नागरिक उड्ड्यन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री सिन्हाले उडान अझ सुरक्षित, पर्यावरणमैत्री, समयमै, र यात्रु–अनुकूल हुनका लागि विश्वभरी निरन्तर नयाँ–नयाँ नवप्रवर्तन भइरहेका उल्लेख गरे ।

मन्त्री सिन्हाले भने, “स्मार्ट विमान, हरित इन्धन, कृत्रिम बौद्धिकतामा आधारित सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रक्रियामा नविनतम प्रविधिको विकास भएको छ । तर सबैको केन्द्रमा एउटा कुरा उही छ, मानवको भूमिका, विशेषगरी क्याबिन क्रूको योगदान छ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत रहनुभएका उहाँले नवप्रवर्तन कागजमा मात्र होइन, क्याविनभित्र जीवन्त बनाउनुपर्ने र यात्रुसम्म पुर्याउन क्याबिन क्रुको भूमिका रहने उल्लेख गरे ।

“तपाईंहरूको सीप, अनुकूलता, सिक्ने र बढ्ने तयारीकै कारण विमान विकास आजको अवस्थामा आउन सम्भव भएको हो । नवप्रवर्तनले उडानलाई आधुनिक बनाउँछ तर त्यसमा तपाईंहरूको मानवता, मुस्कान, सहानुभूति, धैर्यता भने सधै अपरिहार्य रहन्छ” मन्त्री सिन्हाले भने ।

नयाँ चुनौतीसँगै नयाँ समाधान, नयाँ प्रविधि, नयाँ प्रक्रिया पनि आउने उल्लेख गर्दै मन्त्री सिन्हाले क्याविन क्रुको पेशा यीनै परिवर्तनसँग घुलमिल भएर अघि बढ्ने पेशा भएको धारणा व्यक्त गरे। यात्रु उडानको क्रममा आउने मेडिकल इमरजेन्सी, अनियमित मौसम् र कहिलेकाही यात्रुको मनोदशामा क्याबिन क्रुको साहस, करुणा र अनुकूलताले नै संस्थाको पहिचान बनाउने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्