काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब पनि एमाले र कांग्रेसले नै देश चलाउने बताएका छन् । बिहीबार ११ औँ महाधिवेशनबारे सम्पादकहरुसँगको छलफलमा उनले अहिले केही क्षणलाई ग्रहण लागेजस्तै मात्रै भएको बताए ।

ओलीले भने, ‘एमाले र नेपाली कांग्रेस देशका दुई प्रमुख पार्टी हुन् । ऐतिहासिक पार्टी हुन् । इतिहासमा योगदान गरेका, जनाधार भएका पार्टी हुन् । आज एकछिन सूर्यग्रहण लागे जस्तै हो ।’
फेरि पनि देश दुई पार्टीले नै चलाउने ओलीको दाबी छ । ‘आँधी, तुफान चले जस्तै हो । फेरि पनि हुने भनेको एमाले कांग्रेस नै हुन । भोलि पनि यो देश चलाउने,’ ओलीले भने ।











