
बुटवल । रूपन्देही प्रहरीले प्रहरी सहायक निरीक्षक गीता पुरीलाई पक्राउ गरेको छ । बहुविवाहको उजुरीका आधारमा डीएसपी मधु नेपाल पक्राउ परेपछि रुपन्देही प्रहरीले पुरीलाई पनि पक्राउ गरेको हो ।
नवलपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत डिएसपी नेपाल र बुटवल धागो कारखानास्थित प्रहरीको विशेष सुरक्षा गणमा कार्यरत प्रहरी सहायक निरिक्षकले दोस्रो विवाह गरेको भन्दै डीएसपी नेपालकी जेठी श्रीमती तारा नेपाल खनालले जाहेरी दिएकी थिइन् ।
जाहेरीपछि प्रहरीले दुवै जनाको नाममा रूपन्देही जिल्ला अदालतबाट पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पूर्जी जारी भएको सूचना पाएपछि उनीहरु आफै प्रहरी कार्यालयमा पुगेका थिए । दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको रूपन्देही प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।











