Logo
Logo

भोलि एमाले सचिवालय बैठक बस्दै, विधान संशोधनको प्रस्ताव लैजाने तयारी


0
Shares

काठमाडौं । नेकपा एमालेले भोलि दिउँसो सचिवालय बैठक बोलाएको छ । च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए ।

बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको मोडालिटीबारे छलफल हुने जनाइएको छ ।  भोली बस्ने बैठकमा केन्द्रीय कमिटी, स्थायी समिति र पदाधिकारीको सङ्ख्या बढाउन विधान संशोधन प्रस्ताव लगिने जनाइएको छ । यता, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधरले भने विधान महाधिवेशनको निर्णय उल्ट्याउन नहुने अडान लिँदै आएको छ ।

यसले सचिवालय बैठक पेचिलो बन्ने सम्भावना छ । अझ पोखरेलले राखेको दस्तावेजमाथि छलफल नगर्ने संस्थापनको तयारी रहेको छ । संस्थान सुमुह पोखरेल पक्षलाई पेलेर जाने तयारीमा रहे पनि पोखरेलको पक्षमा पनि पछिल्लो समयमा विभिन्न तहका नेताहरू खुल्दै आएका छन् । एमालेमा विधान महाधिवेशनको निर्णय उल्ट्याउने विषय निकै पेचिलो बन्दै गएको छ ।   

प्रतिक्रिया दिनुहोस्