
काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जस कारण गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथ हिमाली भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मूख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति भने देशभर मौसम मुख्यतया सफा रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।











