Logo
Logo

कांग्रेस नवलपरासी-२ बाट कँडेल एकल सिफारिस


819
Shares

काठमाडौं । नेपाली कांग्रेसले नवलपरासी–२ बाट पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको एकल नाम सिफारिस गरेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्रीय समितिले प्रत्यक्षतर्फ कँडेलको नाम एकल सिफारिस गरेको हो ।

त्यस्तै समानुपातिकतर्फ जिल्ला उपसभापति विक्रम यादव र महिलातर्फ सुनिता श्रेष्ठको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति माधव पाण्डेले बताए । राष्ट्रियसभा सदस्यतर्फ पार्टी सभापति अर्जुनकुमार पोखरेल र चन्दा चौधरीको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिले सिफारिस गरेका नाम जिल्लामा पठाइने छ । त्यसरी पठाइएका नाममा जिल्लाले राय लेखेर प्रदेश समितिमा र प्रदेश समितिले मसान्तभित्र केन्द्रमा पठाउने छ ।

प्रतिक्रिया दिनुहोस्