Logo
Logo

महाधिवेशनको मुखैमा पूर्वमन्त्री रानाले लिए एमाले राजनीतिबाट बिदा


2.2k
Shares

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन् ।

११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् राजनीतिबाट विश्राम लिने घोषणा गरेका हुन् ।

पारिवारिक समस्याका कारण पार्टी जिम्मेवारीमा सक्रिय रहेर काम गर्न सक्ने अवस्था नरहेका कारण आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाटै बिदा हुने बताएका हुन् ।

सक्रिय राजनीतिबाट बिदा लिएपनि पार्टीको साधारण सदस्य भने रहिरहने उनको भनाई छ । २०३५/२०३६ सालदेखि राजनीतिमा आएका राना छोटो समयका लागि ०७० सालमा भूमि सुधार तथा व्यवस्था मन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्