
काठमाडौं । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा आज सुनुवाइ हुँदैछ ।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले दायर गरेको रिटमा सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो ।
रास्वपा नेतृ एवम् पूर्वसांसद कंसकारसहित ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्चले मङ्सिर १९ मा उत्प्रेषण आदेश गरेको थियो ।











