Logo
Logo

प्रतिनिधिसभा निर्वाचन : काभ्रे-२ मा कांग्रेसबाट १३ जनाको नाम सिफारिस


252
Shares

काठमाडौं । नोपली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रे–२ बाट केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र मधु आचार्यसहित १३ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ को बैठकले फागुन २१ मा हुने निर्वाचनका लागि १३ जनाको नाम सिफारिस गरेको हो ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ शिवप्रसाद हुमागाई, मधु आचार्य, अच्चुतप्रसाद पौडेल, ठाकुरप्रसाद न्यौपाने, होमराज चौलागाई, माधव ढकाल, सुन्दरमणि आचार्य, रामजी पन्त मुकेश, रोशन लामा, हेमकुमार तामाङ, राजन कार्की, नन्दु दुलाल र इन्दिरा बुढाथोकीलाई सिफारिस गरिएको छ ।

त्यस्तै समानुपातिकतर्फ दिल लामा, लिला नेपाल, तस्वीर लामा, जीतकृष्ण श्रेष्ठ, माइली दनुवार, मन्जु आचार्य घिमिरे, रीता गौतम, रामचन्द्र श्रेष्ठ, उदय केसी, इन्द्रबहादुर तामाङ, कृष्णगोपाल भैललाई सिफारिस गरिएको छ ।

राष्ट्रिय सभातर्फ इन्द्रमणि अधिकारी, राम थपलिया, सीताराम परियार, गोविन्द पराजुली र रामेश्वर ढकाल उम्मेदवारको लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्