
एजेन्सी । इथियोपियाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो सर्वोच्च सम्मान प्रदान गरेको छ । इथियोपियाको उच्च सम्मान प्राप्त गर्ने मोदी पहिलो विश्वव्यापी नेता बनेका छन् ।
मोदीलाई इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीले राष्ट्रिय दरबारमा औपचारिक स्वागत गर्दै दुई नेताले द्विपक्षीय वार्ता गरेका थिए ।
मोदीको यो इथियोपियाको पहिलो भ्रमण हो । इथियोपियाका प्रधानमन्त्री अहमद अलीले आदिस अबाबा विमानस्थलमा प्रधानमन्त्री मोदीलाई स्वागत गरेका थिए ।
इथोपियामा विदेशी लगानी पनि द्रुत गतिमा बढिरहेको र भारत सबैभन्दा ठूलो लगानीकर्ताको रूपमा रहेको छ । ६१५ भन्दा बढी भारतीय कम्पनीहरूले इथियोपियामा लगानी गरिरहेका छन् । बैठकको क्रममा मोदीले इथियोपियाली विद्यार्थीहरूको लागि छात्रवृत्ति दोब्बर गर्ने घोषणा गरेका थिए ।











