Logo
Logo

एमाले चुनाव : अहिलेसम्म कति खस्यो मत ?


2.7k
Shares

काठमाडौं । नेकपा एमालेको ११ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । जसमा बिहान साढे ११ बजेसम्ममा ३८० मत खसेको छ ।

बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमालेका निवर्तमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले साढे ११ बजेसम्ममा ३८० मत खसेको जानकारी दिएका हुन् ।

एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरु छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ । मतदानको सुरुवात अध्यक्षका दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलले गरेका थिए । उनीहरु छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।‍

प्रतिनिधिहरु लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन् । प्रतिनिधिहरुको लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् । यस महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्