Logo
Logo

प्राइम बैंकको ८.४२ प्रतिशत लाभांश पारित


315
Shares

काठमाडौं । प्राइम कमर्सियल बैंकको सञ्चालक समितिले प्रस्ताव गरेअनुरूप ८.४२ प्रतिशत लाभांश पारित गरिएको छ । बैंकको बुधबार सम्पन्न १८औँ वार्षिक साधारणसभाले सो लाभांश अनुमोदन गरेको हो । जसमा आठ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश रहेको छ ।

सभा बैंक सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा भएको हो । सभाले बैंक सञ्चालक समितिमा सेयरधनीका तर्फबाट सञ्चालक पदमा डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा. विष्ट यसअघि पनि बैंकका सञ्चालक थिए ।

अध्यक्ष श्रेष्ठले बंैकले विगतमा झैँ आगामी दिनमा पनि आफ्नो सेवा र शाखा विस्तार गर्दै जाने बताए । साथै, सेयरधनीलाई यथोचित र समयसापेक्ष प्रतिफल निरन्तरता दिने तथा ग्राहककेन्द्रित डिजिटल समाधानमार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्