Logo
Logo

धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा


441
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा दिएका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आइतबार (आज) पदबाट राजीनामा दिएका हुन् ।

साम्पाङले उपप्रमुख समक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन् ।हस्तलिखित राजीनामा पत्रमा उनले भनेका छन्, ‘यही २०८२/११/२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखको पदबाट राजीनामा दिएको छु ।’

प्रतिक्रिया दिनुहोस्