Logo
Logo

मधेशी शहीद पार्क पुगेर बालेनले गरे माल्यार्पण


189
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मधेशी शहीद पार्क पुगेर शहीदहरुको शालिकमा माल्यार्पण गरेका छन् ।

उनले सिरहाको लहान पुगेर मधेशका पहिलो शहीद रमेश महतोसहितका शहीदहरुको शालिकमा माल्यार्पण गरेका हुन् । उनीसँग मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेश सिंहले पनि शालिकमा माल्यार्पण गरेका छन् ।

मधेश आन्दोलनका क्रममा शहीद भएकाहरूको सम्झनामा माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ । बालेनले अब जनकपुर फर्केर रास्वपाको उद्घोष सभालाई सम्बोधन गर्ने तालिका छ ।

काठमाडौं महानगरको मेयर पदबाट राजीनामा सक्रिय राजनीतिमा होमिएका बालेनले आज पहिलोपटक जनकपुरबाट राजनीतिक सभालाई सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्