
काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टीमा स्वागत गरेका हुन् । सोही कार्यक्रममा पूर्वमन्त्री प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका थिए ।











