Logo
Logo

बालेन आजै झापा जाँदै


252
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सक्रिय राजनीतिमा लागेको बालेन शाह आज झापा जाँदैछन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा–५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन आज साँझ दमक जाने भएका हुन् ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि भोली मंगलबारको समय तोकेपछि अहिले जनकपुरमा रहेकी उनी त्यतैबाट दमक जान लागेका हुन् । आज मधेश प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन् ।

जनकपुरबाट सडकमार्ग हुँदै दमक जान लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा ¥याली सहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ ।

समर्थकहरूको ¥यालीसहित शाह दमक पुग्दा राति करिब ९ देखि १० बज्ने अनुमान गरिएको छ । समर्थकहरुको भिडलाई मध्यनजर गर्दै उनी बस्ने ठाउँ भने गोप्य राखिएको बालेनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्