Logo
Logo

भक्तपुर २ मा एमालेका बस्नेत र रास्वपाका खत्री भिड्ने पक्का


567
Shares

काठमाडौं । भक्तपुर २ मा एमाले नेता महेश बस्नेत र रास्वपाका राजीव खत्रीबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरूबीच सामाजिक सञ्जालमा वाकयुद्ध चल्ने गरेको थियो ।

खत्रीले बस्नेतविरुद्ध तीखा टिप्पणी गरिरहँदा बस्नेतले पनि खत्रीको नामै लिएर उस्तै जवाफ दिने गरेका छन् । उनीहरूको आपसी कटुताले गर्दा चुनावी भिडन्त पनि रोचक हुने भएको छ ।

भक्तपुर २ बस्नेतको निर्वाचन क्षेत्र हो भने खत्री काठमाडौं १० बासिन्दा हुन् । गत आमनिर्वाचनमा बस्नेत पराजित भएका थिए । खत्री भने भर्खरै राजनीतिमा होमिएर पहिलोपटक चुनाव लड्दैछन् ।

खत्रीले काठमाडौं १० बाटै लड्न पार्टीमा इच्छा व्यक्त गरेका थिए । तर, पार्टी सभापति रवि लामिछाने र बालेनको सल्लाहमा उनलाई भक्तपुर पठाउने निधो भएको हाे।

प्रतिक्रिया दिनुहोस्