Logo
Logo

झापा-५ इपिसेन्टर बन्यो भन्नु वाइयात : ओली


378
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ लाई इपिसेन्टर भन्नु वाइयात कुरा भएको बताएका छन् । जेनजी आन्दोलनपछि पहिलोपटक गृह जिल्ला झापा पुगेका ओलीले सो प्रतिक्रिया दिएका हुन् । 

सोमबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले सरकारले निर्वाचनका लागि शान्ति सुरक्षाको प्रबन्ध गर्न अझै नसकेको बताए ।

विभिन्न प्रकारका आपराधिक घटनाहरू अझै समाजमा भइरहेकाले सुरक्षा प्रबन्ध कमजोर रहेको स्पष्ट हुने उनको दाबी छ । ओलीले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष, भयरहित हुनेमा शङ्का व्यक्त गरे । ओलीले भने, ‘सुरक्षा प्रबन्ध राम्रो हुन अझै सकेको छैन । विभिन्न अपराधका घटना अझै भइरहेका छन् । निर्वाचन आयोगमाथि समेत प्रश्न चिह्न उठ्ने अवस्था भइरहेको छ । यस्तो अवस्था छ ।’

प्रतिक्रिया दिनुहोस्