काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ रास्वपाबाट चुनाव लड्ने भएकी छिन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाबाट धादिङ निर्वाचन क्षेत्र नं.१ मा प्रतिस्पर्धा गर्ने भएकी हुन् ।

तामाङलाई रास्वपाका नेता गणेश पराजुलीले सोमबार पार्टी कार्यालयमा टिकट दिएका छन् । यसअघि उनले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन् ।
यसअघि तामाङले काठमाडौं- ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने बताएकी थिइन् । रास्वपाको समानुपातिक बन्दसूचीप्रति आपत्ति जनाउँदै काठमाडौंबाट उम्मेदवार बन्ने घोषणा गरेकी थिइन् ।











