काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टी छाडेका छन् । खनालले रास्वपा प्रवेश गरेका हुन् । उनले कांग्रेसबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचन जितेका थिए ।

बर्दघाट नगरपालिका निवासी खनाल जिल्लामा चर्चित नेता हुन् । २०७९ को निर्वाचनमा क्षेत्र नं १ मा विनोद चौधरीले टिकट पाएपछि खनाल असन्तुष्ट थिए । उनीमाथि चौधरीलाई हराउन खोजेको आरोप लागेको थियो ।
खनालले सयौँ कार्यकर्तासहित रास्वपा प्रवेश गरेको बताए । उनी नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बन्ने भएका छन् ।











