
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका भएका छन् । ०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका आएका देउवाले गएराति अब चुनाव नलड्ने निर्णय गरेका हुन् ।
भदौ २३ र २४ गतेको जेनजी युवाहरुबाट भौतिक आक्रमणमा परेपछि उनलाई अब राजनीतिबाट विश्राम लिनुपर्ने दबाव थियो । पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कांग्रेस कार्यसमिति चयन गरेपछि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले पनि निर्वाचन नलड्न अनुरोध गरेका थिए । तर देउवाले भने अन्तिम पटक चुनाव लड्ने बताउँदै आएका थिए ।
सोमबार राति देउवाले आफू चुनाव नलड्ने निर्णय गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’ यो निर्णयसँगै शेरबहादुर देउवाको ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ ।











