
काठमाडौं । नवलपुर क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाएको छ ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेसको संसदीय बोर्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आलेलाई टिकट दिएको हो ।
यसअघि २०७९ मा भएको निर्वाचनमा त्यहाँ नेता डा. शशांक कोइराला विजयी भएका थिए । तर पार्टीले यसपटक कोइरालालाई नभई आलेलाई टिकट दिएको हो ।
गैँडाकोट नगरपालिका–१२ निवासी आले कांग्रेसका महासमिति सदस्य हुन । उनी गत स्थानीय तहको चुनावमा गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । तर उनी हारेका थिए ।











