
काठमाडौं । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई टिकट दिएको छ । एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्तीले गैरेको टिकट फाइनल भएको जानकारी दिए ।
यसअघि पाल्पा–२ मा विष्णु पौडेल र राम बहादुर राउतले टिकट पाएका थिए । पाल्पा २ मा तेश्रो पटक एमालेले उम्मेदवार परिवर्तन गरेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । त्यसका लागि एमालेले अधिकांश ठाउँमा उम्मेदवार टुंगो लगाएको हो ।











