
काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सुरुमा ०७९ मा जितेका रामहरि खतिवडालाई दिएको टिकट खोसेर कुमार लुइँटेललाई दिएको हो ।
आज बिहान बसेका कांग्रेसको संसदीय बोर्ड बैठकले ओखलढुंगामा कुमार लुइँटेललाई टिकट दिएको हो । ओखलढुङ्गामा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएको छ भने रास्वपाले पूर्व एआईजी विश्वराज पोखरेल अघि सारेको छ ।











