
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी प्रतिनिधि टासी ल्हान्जोमलाई हुम्लाबाट उम्मेदवार बनाएको छ ।
समानुपातिक सूचीमा आदिवासी जनजातीतर्फ पहिलो नम्बरमा नै परेकी उनीलाई रास्वपाले विभिन्न कारण देखाउँदै हाटाएको थियो ।
तर, समानुपातिक सूचीबाट आफ्नो नाम हटाइएपछि असन्तुष्ट बनेकी उनलाई रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएको हो । उनले आफ्नै थात थलोबाट प्रत्यक्ष चुनाव लड्ने भएकी हुन् ।











