Logo
Logo

३ बजेसम्म देशभर १२१४ जनाको पर्‍यो उम्मेदवारी


504
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको क्रम जारी छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म देशभर १ हजार २१४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

The current image has no alternative text. The file name is: Nirwachan-Aayog.jpeg

उम्मेदवारी परेकामध्ये ६५९ जनाको रुजु भएको छ भने ५५५ जनाको रुजु हुन बाँकी छ । १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भइराखेको छ ।

उम्मेदवारी दर्ता गर्दा पेस गर्दा के-के कागजात चाहिन्छ ?

प्रतिक्रिया दिनुहोस्