काठमाडौं । कतिपय प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । ती ठाउँमा ६ महिनाभित्र उपनिर्वाचनको मिति तय गरिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार २१ फागुनको निर्वाचन सम्पन्न गरेपछि आयोग उपनिर्वाचनको मिति तोक्ने भएको छ ।
भण्डारिले भने, ‘२१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने अठोट पुरा गर्छौँ । त्यसपछि प्रदेश र स्थानीय तहमा कुन–कुन ठाउँमा कसरी पदहरू खाली भए भनेर हेछौँ र सरकारसँग समन्वय गरेर उपनिर्वाचनको मिति तोक्छौँ ।’
उनका अनुसार प्रदेश सभा सदस्य र स्थानीय तहको पदाधिकारीको पद रिक्त भएको अवस्थामा ६ महिनाभित्र निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोक्नुपर्ने व्यवस्था छ । सोही अनुसार आयोग अगाडी बढ्ने छ ।
स्थानीय तहको पदाधिकारी र प्रदेश सभा सदस्यको पद ६ महिना भन्दा बढी खाली रहने अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । यसलाई पनि आयोगले ख्याल गर्ने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताएका छन् ।











