Logo
Logo

६ पूर्वअर्थमन्त्री चुनावी मैदानमा, को-कहाँबाट उठे ?


1k
Shares

काठमाडौं । प्रतिनिधिसभाको आसन्न निर्वाचनका लागि ६ जना पूर्वअर्थमन्त्रीले उम्मेदवारी दिएका छन् । फरक फरक निर्वाचन क्षेत्रमा चार दलबाट ६ जना पूर्वअर्थमन्त्री चुनावी मैदानमा होमिएका हुन् ।

कांग्रेसबाट पूर्वअर्थमन्त्रीद्वय डा. प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की चुनावी मैदानमा उत्रिएका छन् । डा. महतले नुवाकोट नम्बर १ बाट उम्मेदवारी दिएका छन् भने कार्कीले सुनसरी– ४ बाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पनि दुईजना पूर्वअर्थमन्त्रीले उम्मेदवारी दर्ता गराएका छन् । पूर्वप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री डा. बाबुराम भट्टराई र पूर्वअर्थमन्त्री जनार्दन शर्माले क्रमशः गोरखा क्षेत्र नम्बर २ र रुकुम पश्चिमबाट उम्मेदवारी दिएका हुन् ।

त्यस्तै, एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देही– २ बाट उम्मेदवारी दिएका हुन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन रोल्पाबाट चुनाव लड्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्