
काठमाडौं । नेकपा एमाले निकट युवा संघ दमकका अध्यक्ष छबि खतिवडा एमाले त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहको पक्षमा लागेका छन् । खतिवडाले सामाजिक सञ्जालमार्फत आफु एमाले त्यागेर बालेनेका चुनावी अभियानलाई समर्थन गर्दै बाँकी स्वतन्त्र राजनीतिक जीवन बिताउने जानकारी दिएका हुन् ।
उनले राजनीतिक जीवनमा सहयोग गर्ने पार्टी, युवा सङ्घ, विभिन्न सामाजिक संघ–संस्था, साथीभाइ, इष्टमित्र तथा परिवारजनप्रति धन्यवाद व्यक्त गरेका छन् । अग्रगामी परिवर्तनका पक्षमा र सामाजिक जीवनमा सदैव लागिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
यसअघि नेपाली कांग्रेसका दमक सभापति प्रकाश प्रसाई पनि पार्टी छाडेर बालेनको पक्षमा लागेका थिए । झापा ५ का उम्मेदवार रहेका बालेन अन्य दलका स्थानीय युवालाई पनि प्रभाव पार्न सफल हुँदै गएका छन् ।











