Logo
Logo

प्रतिनिधिसभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै


693
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ ।

आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा हिजो बुधबार उजुरीका लागि समय दिइएको थियो ।

यसपछि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र त्यही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्