Logo
Logo

झापा-२ मा पूर्व सभामुख र उपसभामुखलाई स्वागतको चुनौती


567
Shares

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक झापाको २ नम्बर क्षेत्र पनि रहेको छ । यस क्षेत्रबाट पूर्व सभामुख देवराज घिमिरे, पूर्व उपसभामुख इन्दिरा राना मगर, स्वागत नेपाल लगायतको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।

झापाको २ नम्बर संसदीय निर्वाचन क्षेत्रमा अर्जुनधारा नगरपालिका, बिर्तामोड नगरपालिकाको १ नम्बर वडादेखि ९ नम्बर वडासम्म, कनकाई नगरपालिकाको वडा नम्बर ८ र ९ तथा बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर१, २ र ३ लगायतका वडाहरू समावेश गरिएको छ ।

झापा९२ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको सङ्ख्या एक लाख ४७ हजार ५२२ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १६५ मतदान केन्द्र तोकिएको छ ।

पछिल्लो निर्वाचन

२०७९ मा भएको निर्वाचनमा यस क्षेत्रबाट नेकपा एमालेका देवराज घिमिरे विजयी भएका थिए । घिमिरेले २८ हजार ७१६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाल (स्वागत नेपाल) ले २६ हजार ४५५ मत प्राप्त गरेका थिए ।  त्यसैगरी तत्कालिन माओवादी केन्द्रबाट उम्मेदवार बनेका हरि कुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए भने रास्वपाबाट उम्मेदवार बनेका रुद्र प्रसाद गिरीले ८ हजार ७८१ मत प्राप्त गरेका थिए । 

त्यसैगरी यस क्षेत्रमा समानुपातिकतर्फ नेकपा एमालेले २६ हजार ४९० मत प्राप्त गरेका थिए भने रास्वपाले २२ हजार ५१७ मत प्राप्त गरेको थियो ।  त्यसैगरी नेपाली काँग्रेसले १५ हजार ४९८ मत प्राप्त गरेको थियो भने राप्रपाले ७ हजार ८८० मत पाएको थियो ।  त्यसैगरी माओवादी केन्द्रले ३ हजार ८३९ मत पराएको थियो ।

उम्मेदवार 

यस पटकको निर्वाचनमा झापा९२ मा स्वतन्त्रसहित १८ उम्मेदवार रहेका छन् । अघिल्लो निर्वाचनमा केवल दुई पक्षीय प्रतिस्पर्धा भएपनि यस पटक भने पूर्व सभामुख घिमिरे र उपसभामुख राना मगरको भिडन्तले रोचक बनाएको छ ।  त्यस्तै अघिल्लो निर्वाचनमा स्वतन्त्र चुनाव लडेका स्वागत नेपाल यस पटक राप्रपाबाट उम्मेदवार बनेका छन् ।

त्यस्तै यस क्षेत्रमा अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीबीच तालमेल हुदा माओवादी केन्द्रको उम्मेदवार थियो भने यस पटक काँग्रेसले नेतृ सरिता प्रसाईँलाई उम्मेदवार बनाएको छ । त्यसैगरी नेकपाले नेतृ धर्मशिला चापागाईंलाई टिकट दिएको छ । त्यसैगरी झापा९२ मा डा। युवराज संग्रौलाको स्वतन्त्र उम्मेदवारी समेत चर्चामा रहेको छ । उम्मेदवारको प्रोफाइल हेर्दा यस पटक झापा९२ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

गत निर्वाचनको प्रत्यक्ष र समानुपातिक मतको विश्लेषण गर्दा र यस पटक रास्वपाको पक्षमा देखिएको लहर हेर्दा झापा-२ मा कम्तीमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

एमालेका देवराज घिमिरे, राप्रपाका स्वागत नेपाल र रास्वपाकी इन्दिरा राना मगरबीच प्रतिस्पर्धा हुने देखिन्छ । तीन जनाको प्रतिष्पर्धाका बीच काँग्रेसकी प्रसाईले सरप्राइज दिने दाउ हेरेकी छन् । त्यस्तै स्वागत नेपाल राप्रपाबाट उम्मेदवार बन्दै अघिल्लो चुनावमा पाएको मतसँग राप्रपाको मत मिसाएर जित्ने दाउ हेरेका छन् ।

त्यस्तै रास्वपाकी राना मगर झापा-५ मा बालेनको उम्मेदवारीको प्रभाव पार्ने र चुनाव जित्ने अभियानमा रहेकी छन् । त्यस्तै एमालेको सङ्गठनात्मक मत धेरै भएकाले आफ्नो मत बचाउन सकेमा जित्ने आकलनमा घिमिरे रहेका छन् । यसरी हेर्दा झापा९२  बहुपक्षीय प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्