Logo
Logo

सिरहा-४: पाँच पूर्वमन्त्रीलाई चुनौती दिँदै रास्वपाका तपेश्वर


0
Shares

सिरहा । सिरहा–४ को चुनावी प्रतिस्पर्धा यसपटक अत्यन्तै पेचिलो देखिन्छ । पाँचजना पूर्वमन्त्रीसँगै रास्वपा मधेस प्रदेश अध्यक्ष तपेश्वर यादव मैदानमा छन् र उनीहरूको परम्परागत वर्चस्वलाई चुनौती दिँदै छन् ।

The current image has no alternative text. The file name is: tapeshwor.jpg

पूर्व जसपा नेता तपेश्वर २०७९ असोजमा मात्र रास्वपा प्रवेश गरेका हुन् । गत स्थानीय चुनावमा पराजित भए पनि यसपटक उच्च मनोबलसहित मैदानमा उत्रिएका उनी परिवर्तनका पक्षमा विश्वास राख्छन् ।

अन्तिम समयमा भएका दल-अदलबदलले मतदातामा अन्योल सिर्जना गरेको छ । जसपाको मत जनमतमा र जनमतको मत आजपामा बँडिने सम्भावना हुँदा यसको प्रत्यक्ष फाइदा रास्वपालाई पुग्ने विश्लेषण छ । संगठनात्मक हिसाबले एमाले बलियो भए पनि कांग्रेस, राप्रपा, नेमकिपा र स्वतन्त्र उम्मेदवारको उपस्थिति प्रतिस्पर्धा थप कडा बनाएको छ ।

सिरहा-४ मा कुल १ लाख ६ हजार ६८६ मतदाता, ६० मतदान स्थल र १२९ मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्