Logo
Logo

सामाजिक सुरक्षा कार्यक्रम खर्च मापदण्ड खारेज


882
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सेवाप्रदायक स्वास्थ्य संस्थाका लागि तय गरिएको खर्च मापदण्ड खारेज गरेको छ ।

The current image has no alternative text. The file name is: health-insurance-bord-Swathya-Bima-Bord.jpg

बोर्ड गठनअघि सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले १० साउन २०७३ मा औषधि, उपकरण, जनशक्ति, प्रोत्साहन तथा प्रशासनिक शीर्षकमा निश्चित प्रतिशत तोक्दै खर्च मापदण्ड बनाएको थियो। तर पछिल्लो समय औषधि र उपचारभन्दा अन्य शीर्षकमा बढी खर्च भएको गुनासो बढेपछि बोर्डले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो ।

बोर्डले २४ पुसमै निर्णय गरे पनि १३ माघमा मात्र सेवाप्रदायक संस्थालाई परिपत्र गरेको थियो । अबदेखि स्वास्थ्य बीमाबाट प्राप्त भुक्तानी रकम प्रचलित ऐन, नियम र कानुनअनुसार औषधि, उपचार, उपकरण र जनशक्तिमा केन्द्रित भएर खर्च गर्नुपर्नेछ ।

बोर्डका अनुसार प्रतिशत तोक्ने प्रणाली हटाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले यो निर्णय गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्