Logo
Logo

आचारसंहिता उल्लङ्घनमा आयोगद्वारा २१ वटा स्पष्टीकरण सोधियो


441
Shares

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा २१ वटा स्पष्टीकरण सोधेको छ ।

The current image has no alternative text. The file name is: Nirbachan-Aayog.jpg

आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घनसँग सम्बन्धित कामकारबाहीबारे जानकारी दिएको हो । आयोगले माघ ५ गतेदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको थियो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिता लागू भएदेखि माघ १४ गतेसम्म राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, निकाय तथा पदाधिकारीसमेत गरी २१ वटा स्पष्टीकरण सोधिएको छ । तीमध्ये पाँच वटाको जवाफ प्राप्त भइसकेको र बाँकीका लागि ताकेता भइरहेको उनले बताए। आचारसंहिता अनुगमनका लागि अधिकृतसमेत तोकिसकिएको आयोगले जनाएको छ ।

आचारसंहिता उल्लङ्घन हुने गरी मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्ति तथा समूहको निगरानीका लागि आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ । सो केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।

उक्त इकाईले पहिचान गरेका ३०२ वटा हानिकारक सूचनाहरू निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय कारोबार ऐन, २०६३, प्रेस काउन्सिल ऐन, २०४८ लगायतका प्रचलित कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।

आगामी प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्