Logo
Logo

म्यानमारको स्क्याम गिरोहमा संलग्न ११ जनालाई चीनमा मृत्युदण्ड


441
Shares

काठमाडौं । चीनले म्यानमारसँगको सीमावर्ती क्षेत्रमा अनलाइन ठगी स्क्याम र संगठित आपराधिक गतिविधि सञ्चालन गर्ने कुख्यात माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्ड दिएको छ ।

The current image has no alternative text. The file name is: penalty.jpg

झेजियाङ प्रान्तको अदालतले सेप्टेम्बरमा ‘मिंग’ परिवारका सदस्यहरूलाई हत्या, अवैध नजरबन्द, ठगी तथा अवैध जुवा घर सञ्चालनलगायत गम्भीर अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो ।

चीनको सर्वोच्च जन अदालतले प्रमाणहरू पर्याप्त र निर्णायक रहेको ठहर गर्दै उक्त फैसलालाई अन्तिम रूप दिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दक्षिण-पूर्वी एशियामा फैलिएका स्क्याम सेन्टरहरूमा विभिन्न देशका नागरिकलाई मानव तस्करीमार्फत पुर्‍याई बन्धक बनाइ विश्वभरका मानिसहरूलाई अनलाइन ठगी गर्न लगाइने गरेको छ । चीनले यसलाई राष्ट्रिय सुरक्षासँग जोडिएको गम्भीर अपराधको रूपमा लिँदै आएको छ ।

हालैका महिनाहरूमा चीनले म्यानमारसहित छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै हजारौँ साइबर अपराधीहरूलाई पक्राउ गरी स्वदेश फर्काएको छ। विश्लेषकहरूका अनुसार यो कारबाही दक्षिण-पूर्वी एशियामा साइबर अपराध र मानव तस्करीविरुद्ध चीनले चालेको अहिलेसम्मकै कडा कदममध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस्