Logo
Logo

काठमाडौं-तराई फास्ट ट्र्याक तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी


0
Shares

काठमाडौं । संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं-तराई फास्ट ट्र्याक आयोजना तोकिएको समयमै सम्पन्न हुने गरी निर्माण कार्य अघि बढिरहेको नेपाली सेनाले जनाएको छ ।

The current image has no alternative text. The file name is: fast-track-.jpg

सेनाका अनुसार आयोजनाको हालसम्म भौतिक प्रगति ४५.१६ प्रतिशत र वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको छ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त समयसीमाअनुसार २०८३ चैत मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। “सरकारले दिएको समयसीमाभित्रै आयोजना सक्ने गरी निर्माण कार्य निरन्तर अघि बढिरहेको छ,” उनले भने ।

फास्ट ट्र्याकअन्तर्गत कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग निर्माण गर्नुपर्नेमा लेन डाँडाको १.६२६ किलोमिटर र धेद्रेको १.६९१ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भइसकेको छ । महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत निर्माण कार्य पूरा भइसकेको सेनाले जनाएको छ ।

यस्तै, आयोजनाअन्तर्गत निर्माण हुनुपर्ने ८९ वटा पुलमध्ये १३ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुलमध्ये ८५ वटाको ठेक्का सम्झौता भई निर्माण कार्य सुरु भइसकेको प्रवक्ता बस्नेतले जानकारी दिए ।

फास्ट ट्र्याक निर्माणका क्रममा करिब ५४ हजार रुख कटान गरिएको थियो । त्यसको प्रतिपूर्तिस्वरूप हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको छ। तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको सेनाको भनाइ छ ।

तर, आयोजनासँग जोडिएको खोकना क्षेत्रको विवाद भने अझै समाधान हुन सकेको छैन । सबै सम्बन्धित निकायसँग समन्वय गर्दै विवाद समाधानको प्रयास भइरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्