काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी नेकपालाई कम्युनिष्ट आन्दोलनको कुरुप चित्रको संज्ञा दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले नेकपाको केन्द्रीय समितिको अस्वाभाविक आकारले समग्र कम्युनिष्ट आन्दोलन बद्नाम भएको दाबी गरे । उनले समाजवादी मोर्चामार्फत सबै कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने सहमतिबाट पछि हटेर प्रचण्डले छुट्टै पार्टी गठन गरेको आरोप पनि लगाए ।
विप्लवले धेरै मानिस जम्मा गरेर मात्र कम्युनिष्ट पार्टी ठूलो हुने भ्रम आफूहरूले स्वीकार गर्न नसक्ने स्पष्ट गर्दै त्यस्तो सोच राख्नेहरूसँग एकता सम्भव नरहेको बताए ।











