
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्टको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको आरोपमा सुरेन्द्रकुमार पौडेलसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले पौडेलसहित निमित्त महाप्रबन्धक नवल किशोर साह, नायव महाप्रबन्धक महेश काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेश साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, अर्का प्रमुख हरि अधिकारी, बिक्री विभाग प्रमुख रामबहादुर जिसीमाथि मुद्दा चलाएको हो ।
अख्तियारले उनीहरूमाथि १२ करोडदेखि ४६ करोड रुपैयाँसम्म अनियमितता गरेको आरोप लगाएको छ । सुरेन्द्र पौडेल र महेश काफ्लेमाथि १२ करोड ६३ लाख भ्रष्टाचार गरेको आरोप छ भने अरुमाथि ४६ करोड ५२ लाख भ्रष्टाचार गरेको आरोप छ ।











