Logo
Logo

भदौरे राई दम्पती हत्या प्रकरणः काठमाडौंबाट २ जना पक्राउ, ल्याइँदै ओखलढुंगा


1.1k
Shares

काठमाडौं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरो हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

८१ वर्षीय चन्द्रविक्रम राई र उनकी ८० वर्षीया श्रीमती चन्द्रमाया राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंको डल्लुबाट पक्राउ गरेको हो ।

​जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीको सहकार्यमा ती व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिहरु चिशंखुगढीकै बासिन्दा रहेको बताइएको छ । तर, प्रहरीले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन ।

काठमाडौंबाट पक्राउपश्चात उनीहरुलाई प्रहरीले थप अनुसन्धानका लागि ओखलढुंगा ल्याउँदैछ । माघ १३ गते राति राई दम्पतीको हत्या भएको थियो । राई दम्पति किराना पसल चलाएर बस्थे । उनीहरूको शव ओछ्यानमा बोरा र सिरकले ढाकिएको अवस्थामा फेला परेको थियो । यसअघि भदौरे गैरीगाउँमा २०८२ पुस १५ गते ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्यापछि लुटपाट भएको थियो । उनीहरू आफ्नै घरमा विभत्स अवस्थामा मृत फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्