Logo
Logo

सरकार चाहिँदैन, मूल्य चाहिन्छः गगन थापा


0
Shares

कांग्रेस । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताएका छन् ।

उनले यो निर्वाचन पार्टीले खोजेको नभई घटनाक्रमले पार्टी र देशलाई नयाँ स्थितिमा ल्याएको उल्लेख गर्दै काँग्रेसले आफूलाई ‘नयाँ’ बनाएर आएको र अब देशलाई पनि बदल्ने संकल्प गरेको बताएका हुन् ।

यो निर्वाचनले काँग्रेस र देशलाई नयाँ जिम्मेवारीको ठाउँमा ल्याएको उल्लेख गर्दै पार्टीले आफूलाई पूर्ण रूपमा ‘बदलेर’ आएको र अब देशलाई पनि बदल्ने दृढ संकल्प व्यक्त गरे । उनले विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई मूल्य–मान्यता (स्वतन्त्रता र समानता) को निरन्तरता दिँदै समयसापेक्ष परिवर्तन अपनाएको बताए ।

नयाँ काँग्रेस’ ले अब सिद्धान्तसँग सम्झौता नगरी सरकार पनि नचाहने, भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने, संस्थाहरूलाई पवित्र बनाउने र राष्ट्रिय स्वार्थमा आधारित ‘मिलाउने तथा सम्हाल्ने’ शक्तिको रूपमा उभिने प्रतिवद्धता जनाए।

इन्कार र लाभको प्रवृत्ति अस्वीकार
गगन थापाले भदौ २३ र २४ गतेका घटनालाई ‘डिनायल’ (केही भएको छैन वा षड्यन्त्र हो भन्ने) र ‘डिभिडेन्ड खाने’ (आगोमा तेल हाल्ने गरी उत्तेजना फैलाएर लाभ लिने) दुई घातक प्रवृत्ति देखिएको बताए । नेपाली काँग्रेसले यी दुवैबाट टाढा रहने निर्णय गरेको उनको भनाइ छ । पार्टीले सत्य स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ पूरा गर्ने बाटो अपनाएको छ ।

भाग्ने होइन, सुन्ने र मनन गर्ने
भदौ २२ देखि नै देश ठिकठाक नभएको र नागरिकहरूले आफ्नै मन पराएका दल, नेता तथा नेतृत्वप्रति रिस पोखेको उनले उल्लेख गरे। कांग्रेसले यो रिसलाई सुन्ने, बुझ्ने, ग्रहण गर्ने र आफ्ना कमजोरीमाथि प्रश्न उठाउने तर हिंसा र ध्वंसलाई पनि दण्ड दिनुपर्ने बताए।

नयाँ काँग्रेसः कन्टिन्युटी एण्ड चेन्ज
विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वले काँग्रेसलाई ‘नयाँ’ बनाएको छ । उनकाअनुसार यो नयाँ जन्मेको होइन, पुरानो मूल्य–मान्यता (स्वतन्त्रता र समानता) लाई रिन्यु गर्दै समयअनुसार परिवर्तन अपनाएको हो । बीपी, गणेशमानजस्ता नेताहरूको विरासतलाई निरन्तरता दिँदै खराब अभ्यास छोड्ने र आधुनिक, स्मार्ट, एफिसिएन्ट बनाउने प्रतिबद्धता व्यक्त गरे।

सरकारभन्दा बढी मूल्य र सिद्धान्त
काँग्रेसले सिद्धान्तसँग सम्झौता गरेर सरकार पनि नचाहने स्पष्ट गरेको छ । गठबन्धनलाई ‘ठगबन्धन’ को रूपमा चित्रण गर्दै संस्थाहरूको दलीयकरण रोक्ने, अख्तियार, अदालत, अड्डालाई पवित्र बनाउने र भागबन्डा नगर्ने प्रतिवद्धता थापाको छ ।

भ्रष्टाचारविरुद्ध महाअभियान र संस्थागत सुधार
भ्रष्टाचारलाई समाजको सबैभन्दा ठूलो रोग भन्दै उनले काँग्रेसले माथिदेखि तलसम्म यसविरुद्धको महाअभियान चलाउने बताए। संस्थाहरूलाई बलियो बनाएर, प्रणाली सुधारेर भ्रष्टाचार नियन्त्रण गर्ने र संविधानको अभ्यास गर्ने जोड दिए।

राष्ट्रिय स्वार्थ र जोड्ने शक्ति
काँग्रेसलाई ‘मिलाउने फोर्स’ र ‘मोडरेट फोर्स’ को रूपमा प्रश्तुत गर्दै महामन्त्री थापाले अविश्वासलाई विश्वासमा बदल्ने, देशलाई सम्हाल्ने र विकासको नयाँ अध्याय शुरु गर्ने संकल्प गरे। फागुन २१ पछि फेरि भदौ २३–२४ जस्ता घटना नदोहोरिने ग्यारेन्टी काँग्रेसले मात्र दिनसक्ने दाबी गरे।

मतदातासँगको अपिलः घर–घर अभियान
सबै कार्यकर्तालाई घर–घर, टोल–टोल पुगेर काँग्रेस बदलेको सन्देश पु¥याउन आग्रह गरे। पुराना मतदाता, रिसाएका युवा तथा नयाँ पार्टीतिर लाग्नेलाई समेत संवाद गरेर रुखमा भोट हाल्न आह्वान गर्नुपर्ने बताए। पार्टीका महामन्त्री प्रदीप पौडेललाई ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिँदै उहाँको योगदानको प्रशंसा गरे।

बदलिएको काँग्रेस, बदलिने देश
गगन थापाले भने, ‘हामीले काँग्रेस बदलेर आएका छौं, अब यसले देशलाई पनि बदल्छ ।’ यो निर्वाचनमा काँग्रेसले मूल्य, सिद्धान्त र राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिँदै जनतासमक्ष नयाँ संकल्प लिएर गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्