Logo
Logo

टर्कीका राष्ट्रपतिले गरे गुर्लेक र सिफ्तीलाई मन्त्री नियुक्त


252
Shares

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको न्यायिक र प्रशासनिक नेतृत्वमा ठूलो हेरफेर गर्दै नयाँ मन्त्रीहरू नियुक्ति गरेका छन् । आधिकारिक राजपत्रमा प्रकाशित राष्ट्रपतीय निर्णयअनुसार, अकिन गुर्लेकलाई न्याय मन्त्री र मुस्तफा सिफ्तीलाई गृह मन्त्रीको जिम्मेवारी दिइएको हो ।

यसअघि न्यायमन्त्री यिलमाज टुन र गृहमन्त्री अली येर्लिकायाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले गुर्लेक र मुस्तफालाई मन्त्री नियुक्त गरेका हुन् । यद्यपि, दुवै मन्त्रीले के कति कारणले राजीनामा बुझाएका हुन् भन्ने कुरा भने अहिलेसम्म गोप्य नै राखिएको छ ।

नवनियुक्त न्याय मन्त्री गुर्लेक इस्तानबुलका पूर्वमुख्य सरकारी वकील हुन् । उनी विशेषगरी उच्चस्तरका राजनीतिक मुद्दाहरूमा गरेका कडा फैसला र अनुसन्धानका कारण निकै चर्चामा रहने गर्दछन् ।

अर्कोतर्फ, नयाँ गृहमन्त्री मुस्तफा सिफ्तीसँग क्षेत्रीय प्रशासनको लामो अनुभव छ । उनले सन् २०२३ देखि एरजुरुम प्रान्तको गभर्नरको रूपमा प्रभावकारी सेवा प्रदान गर्दै आएका थिए । यो महत्वपूर्ण फेरबदललाई टर्कीको आन्तरिक राजनीति र प्रशासनिक रणनीतिमा ठूलो बदलावको रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्