Logo
Logo

नेपालमा पनि बङ्गलादेशको जस्तै चुनावी परिणाम आउँछ : ओली


504
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल पनि बङ्गलादेशको जस्तै चुनावी परिणाम आउने दाबी गरेका छन् । आइतबार भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले नेपालमा पनि निर्वाचनको परिणाम बङ्गलादेशको जस्तै आउने बताएका हुन् ।  बङ्गलादेशमा आन्दोलनबाट आएको दलले ६ सिट मात्रै जितेको थियो । चुनावमा प्रतिस्पर्धा गरेका पुरानै दल बलियो भएर आएका थिए । 

The current image has no alternative text. The file name is: kp-oli-2.jpg

चुनावी अभियानका लागि उनी काठमाडौंबाट आइतबार झापा फर्किएका हुन् । उनी झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार छन् । 

केही दिन काठमाडौं बसेर फेरि आफ्नो निर्वाचन क्षेत्रमा फर्किएका ओलीले मतदाता भेट्ने र गुनासो सुन्ने बताए । अबका केही दिन आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्ने उनको तयारी छ । 

ओलीले अब चुनाव हुने आशा बढेको बताए । ‘चुनावको वातावरण सरकारले बनाउने हो । हामी यसै भन्न सकेनौँ,’ ओलीले भने, ‘चुनाव हुन्छ भन्ने ठान्छौँ अब हामी । चुनाव भएमा आफ्नो पार्टी सहभागी हुने उनको भनाइ थियो। ‘चुनाव हुने भए हामी भाग लिन्छौँ,’ ओलीले भने । 

प्रतिक्रिया दिनुहोस्