Logo
Logo

प्राश्ना शाक्यको रुचाइयो ‘प्रियतम’ (भिडियो)


126
Shares

काठमाडौं । कुनै समयकी चर्चित गायिका प्राश्ना शाक्यको नयाँ गीतको भिडियो रिलिज भएको छ । ‘बादल वर्षा बिजुली’ जस्ता गीतमार्फत दर्शक र श्रोताको मन जित्दै गायनमा चम्केकी प्राश्नाले हालै भ्यालेनटाइन डेको अवसर पारेर ‘प्रियतम’ बोलको गीत ल्याएकी हुन् । जुन गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

त्यसो त प्राश्नाका ‘आवाज देउ’, ‘गाउँले जीवन’ जस्ता थुपै सुपरहिट गीत छन् । यस पटक पनि उनी दर्शकको मायाको अपेक्षासहित ‘प्रियतम’ ल्याएकी हुन् । आफ्ना फ्यानहरूका लागि ‘प्रेम दिवस’ अर्थात भ्यालेनटाइन–डेको अवसरमा नयाँ गीतको भिडियो ल्याएको उनको भनाइ छ ।

गायिका प्राश्ना शाक्यलाई नेपाली सांगीतिक क्षेत्रकी ‘द नाईटिङल भ्वाइन’ समेत भन्ने गरिन्छ । सानै उमेरदेखि नेपाली गीत संगीतमा रुचि राख्ने उनले आफ्नो सांगीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छन् ।

सार्वजनिक गीतको भिडियोमा मोडल सुदित र श्रीतिकाबीच प्रेम र समर्पण देखाइएको छ । निर्वाण केरुङ्गको शब्द र संगीत, उदयराज पौडेलको संगीत संयोजन किशोर थापाको मास्टर मिक्सिङ रहेको छ ।

गीतको म्युजिक भिडियो छायांकन तथा सम्पादन र निर्देशन आफै स्वयं लुःजः सिंहले गरेका हुन् । प्रियतम म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्